Posts

आज प्रकाशित :- नेशनल इमेज न्युज साप्ताहिक वर्ष १४ अंक २

Image
आज मिति २०८२ श्रावण २६ गते गते, सोमबार प्रकाशित  नेशनल इमेज न्युज साप्ताहिक वर्ष १४ अंक २ 

आज प्रकाशित :- नेशनल इमेज न्युज साप्ताहिक वर्ष १४ अंक १

Image
आज मिति २०८२ श्रावण १९ गते गते, सोमबार प्रकाशित 

प्रा. डा. बिष्णु प्रसाद दाहालको अध्यक्षतामा योग शिबिर हुने ।

Image
नुवाकोट/ नेपाल योग बिज्ञान साधाना संस्थाको अभियानमा ७७ वटा जिल्लामा योग शिबिर हुने भएको छ । आजको बिश्वब्यापी रुपमा मान्यता प्राप्त योग बिज्ञान र यसले मानिसमा पार्न सकारात्मक प्रभावको बारेमा अभियान कै रुपमा लैजान कुरा संस्थाको हालै बसेको बैठकले निर्णय लिएको छ ।  आजको समयमा मानिसमा हुने विभिन्न प्रकारका रोग सँग लडाइ लडनु पर्ने बेला आएको कुरा पनि सस्थाले औलाएको देखिन्छ । मानब जिवनमा सकारात्मक प्रभाव सहित मानब निरोगिताको परिचय दिनको लागि पनि यो कार्यक्रम हुने लागेको हो ।  उक्त कार्यक्रम नेपाल याेग विज्ञान साधना संस्था केन्द्रीय समितिकाे प्रा. डा. विष्णु प्रसाद दहालकाे अध्यक्षतामा हुने कुरा संस्थाको बैठकले गरेको कुरा योग गुरु बिष्णु दाहालले जानाकारी दिएका छ्न ।जन जनमा याेग मन मनमा याेग भन्ने नाराकाे साथ ७७ जिल्ला व्यापि अभियान संञ्चालन गर्ने र सबैलाई शारीरिक मानसिक रुपमा स्वस्थ बनाउने उद्वेश्य अभियानकाे रहेकाे छ ।

राज्यको आखाले नदेखेको ठाउँ नुवाकोट ककनी: अधिवक्ता रामेश्वर भण्डारी ।

Image
काठमाडौ कोलाहाल अनि दौडधुप अनि ब्यस्तताका कारण अस्तब्यस्त जीबनलाई केहि घन्टा भएपनि फ्रेस हुनको लागि पत्रकार गोकर्ण बराललाई भने एउटा रिपोर्ट पनि बनाउ अनि घुमघाम पनि गरौ हामी ककनी जाउ भन्दा बरालको प्रतिक्रिया आयो बाटो राम्रो छैन के जानु ककनी अनि महिले भने मलाई आफ्नो जिल्ला भएर होला ककनी सारै राम्रो लाग्छ जाउ बराल  जि भने पछि हामी मिति २०७९ साल पौष महिनाको १९ गते बिहान नौ बजे काठमाडौ जिल्ला तारकेश्वर न.पा. वडा.११ नेपालटारबाट नुवाकोट ककनीको यात्रा तय गर्यौ । जरखु चिसापानी हुदै हामी करिब आधा घण्टामा तिन पिप्ले पुगियो । तिन पिप्लेमा बिहानीको चहल पहल हेर्दाहेर्दै हामी पनि मौसम पनि चिसो छ चिया खान सानो एउटा पसल तिर जाने काम भयो । चिया पसलेले सोध्य चिया कुन हो बराल जि हतन पत दुध चिया भनि हाले चिया पसलमा १५/२० जना जति थिय ति सबै शहरबाट  बिहानको व्यापार गरि फर्केका किसानहरु थिय कोहि तरकारी कोहि दुध लिएर गएका रहेछ्न । उनीहरुको कुरा सुन्दा साच्चिकै नेपाली किसान आशावादी र मेहेनेती छ्न बिहान ३ बजे उठेर बालाजु बाइपासमा पुगेर आफ्नो सामान बचेर चिया खान तिन पिप्लेमा आजको आय आम्दानीको कुरा गर्दै ...

पुस्तक परिचर्चाका बीच सम्मान कार्यक्रम सम्पन्न

Image
काठमाडौं, २०७९, पुस ७ ।  लेखक दीपक भेटुवाल (दीपसागर) को भद्रकुमारी घलेबारे लेखिएको बहुआयामिक पुस्तक भद्रकुमारी घले र उनका आयामहरु´ माथि परिचर्चा गर्दै `क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार अर्पण गरिएको छ । बिहिवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा भेटुवालको उक्त पुस्तकमाथि परिचर्चा गर्दै सम्मान कार्यक्रम गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरु लव गाउँले र जलेश्वरी श्रेष्ठलाई नगद २५ सय राशिसहित क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार अर्पण गरिएको थियो । नेपाली भाषा र साहित्यको विकासमा लामो समयदेखि योगदान दिँदै आएकाले गाउँले र श्रेष्ठलाई सम्मान गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा सम्मानित गाउँलेका अरे क्या नाम, अनुहार त बरु कागजकै भए हुने, आँखाभित्र आँखाबाहिर,भूगोलको एक छेउ, कालचक्र, म मेरो देश खोजिरहेछु, गाउँलेका मसिना कथाहरू आदि विभिन्न विधाका पुस्तकाकार कृतिहरु प्रकाशित भएका अर्को साहित्यकार जलेश्वरी श्रेष्ठका मौन विद्रोह, लाभाका वाफहरू, परीको घर, मेहनती गौरी, तिसाक...

सोच परिवर्तन गरौ नुवाकोटको बिकासमा कास्की पोखराबाट सिकौ

Image
यसपालिको दशै कास्की जिल्लाको महानगरपालिका पोखरामा परिवारको साथैमा मनाउने अबसर जुटयो । नुवाकोट जिल्लामा ३० वटा भन्दाबढी दशै मनाएको अनि १०/ १२ वाट दशै काठमाडौमा मनाइयो । २०७९ सालको बिजय दशमी चाहि कास्की जिल्लामा मनाइयो । फुलपातीको दिनमा बिहान ७(सात) बजे नयाँ बसपार्क गगोबु काठमाडौको  माइक्रोबसबाट परिवारको साथमा बेलुकी ५ बजे कास्की जिल्ला स्थित पोखरा आइपुगेका थियौ । हामी पोखरा पुग्दा हामीलाई लिन हाम्रो आफ्न्ता पोखरा बसपार्कमा आइसकेका थिए अनि हामी पोखराको सिटी बसबाट  छोरेपाटन स्थित आफन्तकको घरमा पुग्यौ । भोलि पल्ट महाअष्टमीको दिनमा नुहाउन फुर्से खोला तिर गयौ अनि मलाई आफ्नो गाउ नुवाकोटको तादी खोलाको याद आयो यो फुर्से खोलामा खेल्न अनि घुमघाम गर्ने देशीविदेशी जति आउछ्न किन हाम्रो तादी खोलामा आउदैन यसैमा मेरो दिमाग घुम्न थाल्यो । तादी पनि बास्तबमा एतिहासिक नदिको रुपमा लिन सकिन्छ आज तादी दिउदमा देखिदैन बर्षातमा मात्र   देखिन्छ । हाइड्रोपावरले तादीलाई ढुवाङ्मामा हाली बिजुली निकालेको छ । यता फुर्सेखोला चाहि सबैलाई सफा बनाउने र प्राकृति मनोरम दिरहेको छ । साच्चिकै कास्कीले देशीविद...