राज्यको आखाले नदेखेको ठाउँ नुवाकोट ककनी: अधिवक्ता रामेश्वर भण्डारी ।
काठमाडौ कोलाहाल अनि दौडधुप अनि ब्यस्तताका कारण अस्तब्यस्त जीबनलाई केहि घन्टा भएपनि फ्रेस हुनको लागि पत्रकार गोकर्ण बराललाई भने एउटा रिपोर्ट पनि बनाउ अनि घुमघाम पनि गरौ हामी ककनी जाउ भन्दा बरालको प्रतिक्रिया आयो बाटो राम्रो छैन के जानु ककनी अनि महिले भने मलाई आफ्नो जिल्ला भएर होला ककनी सारै राम्रो लाग्छ जाउ बराल जि भने पछि हामी मिति २०७९ साल पौष महिनाको १९ गते बिहान नौ बजे काठमाडौ जिल्ला तारकेश्वर न.पा. वडा.११ नेपालटारबाट नुवाकोट ककनीको यात्रा तय गर्यौ । जरखु चिसापानी हुदै हामी करिब आधा घण्टामा तिन पिप्ले पुगियो । तिन पिप्लेमा बिहानीको चहल पहल हेर्दाहेर्दै हामी पनि मौसम पनि चिसो छ चिया खान सानो एउटा पसल तिर जाने काम भयो । चिया पसलेले सोध्य चिया कुन हो बराल जि हतन पत दुध चिया भनि हाले चिया पसलमा १५/२० जना जति थिय ति सबै शहरबाट बिहानको व्यापार गरि फर्केका किसानहरु थिय कोहि तरकारी कोहि दुध लिएर गएका रहेछ्न । उनीहरुको कुरा सुन्दा साच्चिकै नेपाली किसान आशावादी र मेहेनेती छ्न बिहान ३ बजे उठेर बालाजु बाइपासमा पुगेर आफ्नो सामान बचेर चिया खान तिन पिप्लेमा आजको आय आम्दानीको कुरा गर्दै आफ्नो मेहेनेतको कमाइले परिवार पाल्ले काम गर्दै छौ भन्दै थिय । हामी उनिहरुको कुरा सुनेर केहि समय पछि ककनी रानीपौवा तिर बराल जिको मोटरसाइकलमा हिडियो । काठमाडौ र नुवाकोटको सिमानमा एक छिन बसियो अनि नुवाकोट लाई बिहानको नमस्कार सहित स्वागत गरियो यो जिल्ला राजधानीबाट नजिक छ तर किन बिकास हुन सकेन भन्ने कुरा मेरो मनमा खेल्ल थाल्यो बराललाई कुरा गर्यो खासै चासो राख्ने मान्छे होइन उ उसलाई यस्तो कुरो भन्दा पनि आफ्नो ब्यक्तिगत कुरो मात्र बढी गर्ने मान्छे हो । मेरो मनमा अचम्मको कुरो खेल्न थाल्यो यो रानीबन अनि हरियाली ओखरपौवा बाट देखिने काठमाडौ दृश्य अति राम्रो थियो साच्चिकै मान्छे प्रकृतिको काखमा रहेको अनुभुती हुने जस्तो लाग्दै हामी अगाडी बढदै काउलेथाना ककनी पुगियो । काउलेथान पुग्दा हामी बिहानको १० बजेको थियो केहि बेर त्यहाबाट लाङटाङ गणेश हिमाल राहुचुली हेर्दै रानीपौवा बजार पुगियो । रानीपौवा बजारमा साथीहरू सग भेट घाट पनि भयो। बिहानीको खाना रानीपौवा बजारमा नै खायौ । अनि केहि समय ककनी गाउपालिकाका अध्यक्ष सुमन तमाङ जि सग ककनीको बारेमा कुरा गर्दै हामी पर्यटन एरिया ककनि तिर लागियो । ब्यस्त बजार आजकाल सडकको कारणले गर्दा राम्रो नचलेको कुरा हामीलाई खाना खुवाउने होटेलका साहुजिले भन्नु भयो । राम्रो होटल रिसोर्ट ट्राउट पालन स्ट्रबेरी अनि सारै राम्रो हिम दृश्यलाई नजिकबाट देख्न सकिने ठाउँ किन पछि पर्यो भन्ने कुराको खोजी गर्नु पर्ने बेला आज आएको छ । ककनी नेपाली मात्र होइन बिदेशी सम्म आउने पर्यटन क्षेत्र हो त्यसैले यसको प्रबर्द्धन गर्नु हामी सबै नुवाकोट बासीको दायित्व हो भन्न सकिन्छ अनि राज्यले किन आखा चिम्लेर बसेको होला अब हामीले राज्यको आखा लाई खोल्ने प्रयास गर्नु पर्ने देखिन । मनमनमा ककनीको बिकास गर्ने अनि नुवाकोटले लाखौ लाख स्वदेशी र बिदेशी पर्यटन लाई नुवाकोटमा भित्र्याउने आशा र अठोट राख्दै हामी ४ बजे फेरि काठमाडौ फर्कियौ ।
Comments
Post a Comment