प्रा. डा. बिष्णु प्रसाद दाहालको अध्यक्षतामा योग शिबिर हुने ।

नुवाकोट/

नेपाल योग बिज्ञान साधाना संस्थाको अभियानमा ७७ वटा जिल्लामा योग शिबिर हुने भएको छ । आजको बिश्वब्यापी रुपमा मान्यता प्राप्त योग बिज्ञान र यसले मानिसमा पार्न सकारात्मक प्रभावको बारेमा अभियान कै रुपमा लैजान कुरा संस्थाको हालै बसेको बैठकले निर्णय लिएको छ । 


आजको समयमा मानिसमा हुने विभिन्न प्रकारका रोग सँग लडाइ लडनु पर्ने बेला आएको कुरा पनि सस्थाले औलाएको देखिन्छ । मानब जिवनमा सकारात्मक प्रभाव सहित मानब निरोगिताको परिचय दिनको लागि पनि यो कार्यक्रम हुने लागेको हो । 

उक्त कार्यक्रम नेपाल याेग विज्ञान साधना संस्था केन्द्रीय समितिकाे प्रा. डा. विष्णु प्रसाद दहालकाे अध्यक्षतामा हुने कुरा संस्थाको बैठकले गरेको कुरा योग गुरु बिष्णु दाहालले जानाकारी दिएका छ्न ।जन जनमा याेग मन मनमा याेग भन्ने नाराकाे साथ ७७ जिल्ला व्यापि अभियान संञ्चालन गर्ने र सबैलाई शारीरिक मानसिक रुपमा स्वस्थ बनाउने उद्वेश्य अभियानकाे रहेकाे छ ।

Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ