सोच परिवर्तन गरौ नुवाकोटको बिकासमा कास्की पोखराबाट सिकौ
यसपालिको दशै कास्की जिल्लाको महानगरपालिका पोखरामा परिवारको साथैमा मनाउने अबसर जुटयो । नुवाकोट जिल्लामा ३० वटा भन्दाबढी दशै मनाएको अनि १०/ १२ वाट दशै काठमाडौमा मनाइयो । २०७९ सालको बिजय दशमी चाहि कास्की जिल्लामा मनाइयो । फुलपातीको दिनमा बिहान ७(सात) बजे नयाँ बसपार्क गगोबु काठमाडौको माइक्रोबसबाट परिवारको साथमा बेलुकी ५ बजे कास्की जिल्ला स्थित पोखरा आइपुगेका थियौ । हामी पोखरा पुग्दा हामीलाई लिन हाम्रो आफ्न्ता पोखरा बसपार्कमा आइसकेका थिए अनि हामी पोखराको सिटी बसबाट छोरेपाटन स्थित आफन्तकको घरमा पुग्यौ । भोलि पल्ट महाअष्टमीको दिनमा नुहाउन फुर्से खोला तिर गयौ अनि मलाई आफ्नो गाउ नुवाकोटको तादी खोलाको याद आयो यो फुर्से खोलामा खेल्न अनि घुमघाम गर्ने देशीविदेशी जति आउछ्न किन हाम्रो तादी खोलामा आउदैन यसैमा मेरो दिमाग घुम्न थाल्यो । तादी पनि बास्तबमा एतिहासिक नदिको रुपमा लिन सकिन्छ आज तादी दिउदमा देखिदैन बर्षातमा मात्र देखिन्छ । हाइड्रोपावरले तादीलाई ढुवाङ्मामा हाली बिजुली निकालेको छ । यता फुर्सेखोला चाहि सबैलाई सफा बनाउने र प्राकृति मनोरम दिरहेको छ । साच्चिकै कास्कीले देशीविदेशी पर्यटकलाई तानिरहेको छ भने नुवाकोटको बाटोले पर्यटकलाई फर्काइ रहेको छ । राजधानीबाट नजिकको जिल्ला भएता पनि किन बिकासबाट टाढा भएको होला भनी छलफल गर्ने मान्छे नुवाकोटमा भेटन गाह्रो छ कारण के होला भन्दा धेरै जसो मानिसलाई राजनीति कारण गर्दा बोल्न र लेख्न आट गर्ने सकिरहेका छैनन् । कास्कीले हरेक क्षेत्रमा आफ्नो र देश तथा बिदेशको लगानीले आफ्नो जिल्ला बनाउने कार्यमा दिनरात लागि परिरहेको छ । पुम्दीकोटमा करोडौं करोड खर्च गरेर बिशाल शिब भगवानको मुर्ति बनाएका छ्न अनि देशीविदेशी पर्यटन भित्र्याउने काम गरेका छ । उता हाम्रो नुवाकोटको दुप्चेश्वर जालापा नुवाकोट भैरबी लगायत विभिन्न देबि देवता भएको जिल्लामा किन प्रचार हुन सकेन । एतिहासिक दरवार एतिहासिक गढी एहिहासिक झरना पर्यटक स्थल समथर फाट त्रिशुली तादी लिखु जस्ता नदिहरु किन पछि परे यसको बारेमा अब फराकिलो सोच राख्नु पर्ने देखिन्छ । कास्कीको ताल अनि मठमन्दिरलाई संरक्षण गरेर आज करोडौं करोड आम्दानी अनि सयौं जनालाई रोजगारी दिएको छ । हाम्रो नुवाकोटले पनि सबै कुरा पाउदा पाउदै पनि पनि किन आर्थिकसामाजिक अनि बिकासबाट टाढा हुन पुग्यो । आर्थिकसामाजिक पर्यटन कृषि धार्मिक लगायत सबै क्षेत्रमा बिकास गर्न पहिलो कुरो नुवाकोटका नीतिनिर्माण तहमा पुग्नेको सोचमा परिवर्तन आउनु पर्ने देखिन्छ । जिल्लालाई सबै प्रकारबाट बिकसित अनि सम्पन्न बनाउन पहिलो प्राथमिकता सडक संजाललाई बलियो अनि भरपर्दो बनाउनु पर्ने हुन्छ । शान्ति सुरक्षा अनि इमानदारीता जस्ता कुरा भएमा जिल्लाको बिकासले गति पैदा गर्ने काम गर्छ । पोखराको पक्की सडक शान्ति सुरक्षा शान्त वातावरण तनाव मुक्त समाज पारिवारिक बाताबरण जस्ता कुराले बिदेशी तथा स्वदेशी पर्यटकको खाचो छैन । पोखराको मुख्य आम्दानी श्रोत नै बास्तबमा आन्तरिक र बाहय पर्यटन हो भन्न सकिन् हाम्रो नुवाकोटले पनि आन्तरिक र बाहय पर्यटन लगायत सबै क्षेत्रमा बिकास गर्ने फराकिलो सोच भएका ब्यक्तिहरुको पर्खाइमा रहेको देखिन्छ । लेखक अधिवक्ता रामेश्वर भण्डारी हुन ।
Comments
Post a Comment