सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ
काठमाडौ / सचेत नागरिक सभ्य नेपाली भन्ने मुल उदेश्यको साथ सचेत नागरिक अभियान नेपालले काठमाडौको बालाजु क्षेत्रको गुम्बामा अभियानको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अध्यक्ष अधिवक्ता रामेश्वर भण्डारीले अहिले मुलुक जटिल मोडमा आएको हुदा मुलुकलाई हामी सचेत नागरिकको हैसियतले आफ्नो कर्तव्य पुरा गर्नु पर्ने साथ मुलुकमा हुने गरेको शासन ब्यबस्थामा राज्यले शुसासनको ग्यारेन्टी गर्नु पर्ने शिक्षा स्वास्थ जस्तो कुरामा राज्य जबाफदेहि हुनु पर्ने कुरा राख्नु भयो । देशमा भएको शैक्षिक बेरोजगार अनि दिनदिनै थपिदै गएको बेरोजगार समस्याको बारेमा समेत अधिवक्ता रामेश्वर भण्डारीले बताउन भयो । उक्त कार्यक्रमको बारेमा परिचय सहित उपस्थितिलाई शुभकामना समाजसेबी राजु राइले राख्नु भएको थियो । कार्यक्रमलाई अधिवक्ता किरण प्रकास कुइकेलले सन्चालन गर्नु भएको थियो ।
Comments
Post a Comment