बाघमारा नुवाकोटको सुनको कचौरो हो :अधिवक्ता रामेश्वर भण्डारी

नुवाकोट  जिल्लाको पुर्बीबेल्ट अन्तरगत तादी गाउँपालिका वडा न.४ सुन्दरादेबीमा अबस्थित बाघमारा साच्चिकै रमणीय अनि सुन्दर पर्यटन क्षेत्रको रुपमा चिरपरिचित ठाउँ हो । काठमाडौ बाट नजिक करिब टोखा छहरे मार्गबाट ३ घण्टा भित्रमा बाघमारामा पुक्न सकिन्छ । बाइपास ककनि हुदै त्रिसुली निस्केर पनि पुग्न सकिन्छ त्यसै गरि काठमाडौ गल्छि त्रिसुली हुदै पनि जान सकिन्छ । 



बाघमारा नुवाकोटको स्थानीय पर्यटन स्थलको रुपमा केहि बर्ष देखि चलन चल्तीको रुपमा आएको पाइन्छ । मुलुकाको अहिलेको शासन ब्यबस्था सघिय अनि तिन तहको सरकारको अबधारणाले गर्दा आज बाघमारा जस्ता ठाउँको खोजिनिधी हुने गरेको पाइन्छ । नुवाकोट जिल्लाको अतिनै सुन्दर ठाउँको रुपमा रहेको यो पर्यटन क्षेत्रलाई बिकास गर्ने हो भने त्यस क्षेत्रका ब्यक्तिहरु लगायत सिङ्गो नुवाकोट जिल्ला को आर्थिकसामाजिक रुपामा ठुलो टेवा पुग्ने देखिन्छ । तिन तहको सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्नु पर्ने देखिन्छ । सातबिस बाघमारा सडक २०५४ साल देखि सुरु गरेको पाइएता पनि जुन उदेश्यको लागि सडक बनाउने काम गरिएको थियो त्यस उदेश्यलाई आज सातबिसे बाघमारा सडक खण्डले पुरा गर्ने सकेको छैन।  पाच किलोमीटर बाटोलाई करोडौं करोड लगानी गर्दा पनि आज सडकको गुणस्तरलाई हेर्दा निकै नै कमजोर अबस्थामा सडक रहेको छ । अहिले सम्म पनि बर्षा याममा गाडी जान गाह्रो पर्ने अबस्थामा सडक रहेको देखिन्छ । २०५४ सालको गाउँ बिकासमा जसरी पनि बाघमारामा बिकास गर्नु पर्छ भन्ने काउलेका  मान बहादुर तामाङ अनि रामेश्वर भण्डारी लगायतले नब युवा बिकास मन्चको गठन गरि पर्यटन अनि कृषिमा जोड दिनु आबश्यता हो भनी रसुवा मुहान भएको सिचाइको ब्यबस्थापन गर्ने काम सेभद चिल्ड्रेन अन्तरास्ट्रिय गैरसरकारी सस्थाले गरेको थियो । त्यहाका किसान कृष्ण प्रसाद सिटौला मान बहादुर तमाङ लगायत दर्जनभन्दा बढी किसानहरुले उच्च क्षेत्रमा अर्गानिक घिउसिमी लगाएत आलु जौउ लगायत कृषिको सुरु गारेको पाइन्छ । नब युवा कल्बले आफ्नो उदेश्य अनुसार काम गर्न पाएन सस्था राजनीति कारण सस्थाले गति लिन सकेन  । २०५७ साल सम्म सकृय रहेको सस्था पछि मुलुकमा भएको राजनीति अबस्था जटिल मोडमा माओवादी जनयुद्धको कारण सस्था बन्द हुन पुग्यो अनि मान बहादुर तमाङ अझै बाघमारामा सपना देखि रहेका छ्न अनि रामेश्वर भण्डारी भने काठमाडौमा  बाघमाराको सपना देखीरहेका छ्न । साच्चिकै बाघमारा सुनको कचौरो हो हामी सुनको कचौरो लाई हातमा लिएर माग्न हिडिरहेका छौ । आज मुलुकले नयाँ मोड लिएको छ । सिहदरवारको काम आज गाउँपालिकाले गर्न सफल भएको छ । 



 बाघमाराको बिकासमा सबै भन्दा अगाडी गाउपालिकाले आफ्नो दायित्व पुरा गर्नु पर्ने हुन्छ । जुन स्थानीय सरकार उसको प्रमुख भुमिका त्यस क्षेत्रमा हुने गर्दछ । हामी सम्पुर्ण नुवाकोट बासीहरुको मात्र होइन कि यो क्षेत्रलाई बिश्वसामु पुराउनु पर्ने छ स्थानीय पर्यटन क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बनाउनु पर्ने छ । हामीले बाघमाराको लागि एउटा छुट्टै बिकास समिति बनाएर सरोकारवाला बिज्ञहरुको रोडम्यापमा काम गर्ने हो भने गाउपालिका लगायत सिङ्गो जिल्लाको बिकासमा टेवा पुर्याउने काम बाघमाराले गर्ने छ । बाघमारा बास्तबमा सुनको कचौरा हो हामी बाघमारालाई चिन्ने प्रयास गरौ अनि बुझ्ने काम गरौ धन्यवाद ।

Comments

Popular posts from this blog

राज्यको आखाले नदेखेको ठाउँ नुवाकोट ककनी: अधिवक्ता रामेश्वर भण्डारी ।

प्रा. डा. बिष्णु प्रसाद दाहालको अध्यक्षतामा योग शिबिर हुने ।

पुस्तक परिचर्चाका बीच सम्मान कार्यक्रम सम्पन्न