राज्यको आखाले नदेखेको ठाउँ नुवाकोट ककनी: अधिवक्ता रामेश्वर भण्डारी ।
काठमाडौ कोलाहाल अनि दौडधुप अनि ब्यस्तताका कारण अस्तब्यस्त जीबनलाई केहि घन्टा भएपनि फ्रेस हुनको लागि पत्रकार गोकर्ण बराललाई भने एउटा रिपोर्ट पनि बनाउ अनि घुमघाम पनि गरौ हामी ककनी जाउ भन्दा बरालको प्रतिक्रिया आयो बाटो राम्रो छैन के जानु ककनी अनि महिले भने मलाई आफ्नो जिल्ला भएर होला ककनी सारै राम्रो लाग्छ जाउ बराल जि भने पछि हामी मिति २०७९ साल पौष महिनाको १९ गते बिहान नौ बजे काठमाडौ जिल्ला तारकेश्वर न.पा. वडा.११ नेपालटारबाट नुवाकोट ककनीको यात्रा तय गर्यौ । जरखु चिसापानी हुदै हामी करिब आधा घण्टामा तिन पिप्ले पुगियो । तिन पिप्लेमा बिहानीको चहल पहल हेर्दाहेर्दै हामी पनि मौसम पनि चिसो छ चिया खान सानो एउटा पसल तिर जाने काम भयो । चिया पसलेले सोध्य चिया कुन हो बराल जि हतन पत दुध चिया भनि हाले चिया पसलमा १५/२० जना जति थिय ति सबै शहरबाट बिहानको व्यापार गरि फर्केका किसानहरु थिय कोहि तरकारी कोहि दुध लिएर गएका रहेछ्न । उनीहरुको कुरा सुन्दा साच्चिकै नेपाली किसान आशावादी र मेहेनेती छ्न बिहान ३ बजे उठेर बालाजु बाइपासमा पुगेर आफ्नो सामान बचेर चिया खान तिन पिप्लेमा आजको आय आम्दानीको कुरा गर्दै ...
Comments
Post a Comment