ठुला शहरमा स्वतन्त्र उमेदवारप्रति आकर्षण :अधिवक्ता रामेश्वर भण्डारी



  निर्वाचन सम्पन्न भइ हाल ७ सय भन्दा बढी स्थानीय तहको परिणाम आएको छ । हाल सम्म नेपाली काग्रेसले पहिलो स्थान द्रोसोमा एमाले तेस्रोमा नेकपा माओवादी आएको छ । पहाडी दुर्गममा दलहरुका उमेदवारले राम्रो मत सहित आफ्नो उपस्थिति राम्रो गरेका छ्न भन्ने मुख्य नेपालको शहरमा दलका उमेदवार  लाई भन्दा स्वतन्त्र उमेदवार लाई राम्रो मत प्राप्त भएको छ । कति पय शहरमा स्वतन्त्र उमेदवार बिजय समेत भएका छ्न । आज नेपालको पुरानो अनि ठुलो शहरमा सत्तामा रहेका अनि ठुला दलहरुले राम्रो मत नपाइरहेको अबस्था सृजना भएको छ । काठमाडौ महानगरपालिकामा यसरी स्वतन्त्रले मत प्राप्त गर्ने कारण चाहि के हो त भन्ने सवालमा आज प्रश्न उठेको छ । नेपालको राजधानी काठमाडौ जस्तो शहरमा दलहरु प्रति नगरबासीले देखाएको अरुचि किन होला पनि आज सत्तामा रहेको दल र नेपालका ठुला हु भन्ने दलहरुले समिक्षा गर्नु पर्ने बेला आएको छ । काठमाडौ महानगरपालिका नगरबासीले खोजेको जस्तो बिकास भएन सुशासनको बारेमा प्रश्न उठेको छ । बास्तबमा नेपाली राजनीति दलहरुले आफ्नो घोषणा पत्रमा लेखेका कुराहरुमा हामीले कति काम गर्न सफल भएका छौ भन्ने बारेमा आज गहिरो गरि समिक्षा गर्नु पर्ने बेला आएको देखिन्छ । महानगर उप महानगर जस्ता ठुला ठुला शहरमा स्वतन्त्र उमेदवार खोज्नु रोज्नु चाही बास्तबमा नै दलहरु प्रति नेपाली जनताको बिश्वास कमि हुदै जानु हो । आज मुलुकका सबै ठाउँमा समस्या भन्दा अरु कुरा नै छन्न । सत्ताधारी ठुला दल आज आफ्नो स्वार्थ अनि आफ्नो मान्छे बनाउने मात्र काममा ब्यस्त छ यसो गर्नाले इमान्दार मान्छे अनि जनताले खोजेको अनि रोजेको बिकास पाउन सकेन्न त्यसको परिणाम हो आजको स्वतन्त्र पटिको जनताको बिश्वास । समय लाई मध्य नजरमा राखेर समयमा नै जनताको काम अनि समय सापेक्ष सुशासन तिर नजाने हो भन्ने यो ब्यबस्थामा जनताको ध्यान जाने छैन अनि ठुलो सघर्ष बाट आएको उपलब्धि गुमाउनु पर्ने अबस्थाको सृजना हुने छ । यसा लाई समय हुदाहुदै पनि आलस्य गरेको खण्डमा मुलुकमा सयौ बालेनहरुको उपस्थित हुने देखिन्छ ।

Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ