निर्वाचन आचारसंहिता पुर्णरुपमा पालाना गरौ :अधिवक्ता रामेश्वर भण्डारी
निर्वाचन आचारसंहिता पुर्णरुपमा पालाना गरौ :अधिवक्ता रामेश्वर भण्डारी
नेपालको निर्वाचनमा कतिपय ठाउँमा निर्वाचन सम्बन्धित आचारसंहिता पालाना गरेको देखिन्छ भने कतिपय ठाउँमा आचारसंहिता पालाना नगरेको देखिन्छ । नेपालको निर्वाचनलाई बिश्वास र निष्पक्ष बनाउन अहिले राष्ट्रिय निर्वाचन आयोगले सबै जिल्लामै निर्वाचन कार्यालय लाई आचारसंहिता पालामा गराउन सबै अधिकार दिएको देखिन्छ । स्थानीय निर्वाचन लाई मर्यादीत र मित्रवत तरिकाबाट सम्पन्न गराउन सबै पक्षहरूलाई निर्वाचन आयोगले अनुरोध गरेको छ । नेपाल अधिराज्य भरी अहिलेसम्मको अबस्थामा निर्वाचन सम्बन्धित गतिविधिमा अप्रिय घटना घटेको खबर आएको छैन । अहिले स्थानीय निर्वाचनमा कडाइका साथमा निर्वाचन आचारसंहिता पालाना गराउनु पर्छ । आज पैसा र बलमा जनताको मत अभिमतलाई दुरुपयोग हुनुबाट जोगाउनु हामी सबै नागरिकहरुको कर्तव्य हो । इमान्दार र सक्षम जनप्रतिनिधि लाई स्थानीय निकायमा लैजानु आजको आबश्यकता हो ।
Comments
Post a Comment