सुन्दरादेबीमा अस्मिन पाण्डेलाई अबसर र चुनौती :अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट जिल्ला तादी गाउँपालिका अन्तरगत रहेको साबिक सुन्दरादेबी गाबिस हाल तादी गा.पा.वडा.न.४ रहेको छ । कहिदिन अगाडी २०७९ बैशाख ३०मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट अस्मिन पाण्डे वडा अध्यक्षमा निर्वाचित हुन भएको छ । हालै पाण्डेले वडाको कार्यभार समाल्नु भएको छ । सुन्दरादेबीको राजनीतिमा अहिले युवाहरुको चासो बढदै गएको देखिन्छ । मैले देखेको र बुझेको नुवाकोटको राजनितिमा सुन्दरादेखीको राजनिती अबस्था अन्य गाउपालिका र नगरपालिका भन्दा फरक र अलि जटिल अबस्थामा यहाँ राजनीति रहएको छ । सुन्दरादेबीको राजनिती इतिहासलाई हेर्दा जटिल मोडबाट अगाडी बढेको सुन्दराको राजनितीलाई सारम्समा उलेख गर्ने चाहेको छु । पन्चायतकालिन राजनितीमा सुन्दराका राजनीति खेलाडी द्रोण प्रसाद भण्डारीलाई लिन सकिन्छ उहाले त्यो समयमा सुन्दराको राजनीतिलाई आफ्नो कब्जामा पार्ने सफल हुनु भएको पाइन्छ । केहि मात्रा उहाको कार्यकालमा गाउलेबासीले सिचाइ अनि खानेपानी जस्ताकुरामा राहत पाएको महसुस गरेको देखिन्छ । नेपालको राजनितीमा आएको परिवर्तन २०४६ सालको जनआन्दोलन पछि भण्डारी नेपाली काग्रेसबाट राजनिती गर्नु भयो उहाले २०४६ देखि २०५४ सालसम्म आफ्नो कार्यकाल सुन्दरादेबीमा बनाउनु भयो । नेपाली काग्रेसको जिल्लाभर कै राम्रो अनि झन्दै सुन्दराको जनसंख्याको तिनभाग काग्रेस बनाउने काम गर्नु भो २०५४सालमा उहाँकै कार्यकर्ता शैलीले र मतदान केन्द्रमा भएको लफाडाले उहा भण्डारी ले आफ्नो पराजित हुन पुग्नु भयो । २०५४ पछि सुन्दराको राजनीतिले नयाँ मोडलियो काग्रेसको हातबाट बामपंथीको हातमा सुन्दरादेबिको राजनिती आयो । सुन्दराको राजनीतिमा गाबिसको अध्यक्षको रुपमा शिक्षक गोकर्ण राज पाठक आउनु भयो । उहाको कार्यकाल सुरुभएको समय देखि नेपालमा माओवादी आन्दोल जनयुद्धले उचाई कायम गर्दै थियो । माओवाद जनयुद्धका कारण उहाँ गोकर्ण राज पाठकले पनि आफ्नो सोच अनुसारको काम गर्ने मौका पाउनु भएन। उहा पाठकको समय नसकिदै मुलुकमा माओवादीको भीषण युद्ध भयो अनि सम्पुर्ण जिम्मा नेपाल सरकारले कर्मचारीलाई दियो बिचमा राजाका पालमा ३ महिना जति सुन्दरा गाबिसको अध्यक्षको रुपमा मुरारी भण्डारी ले समेत काम गर्ने भ्याएका थिए ।झन्दै १५ बर्ष सुन्दराको राजनीतिमा कर्मचारीले चलायो । त्यसपछि संविधानसभाको चुनाव भयो तर पहिलो संविधानसभा बाट नेपालमा संविधान बन्न सफल भएन अनि द्रोसो संविधानसभा २०७३ साल असोज ३ गते नेपालको संविधान बन्न सफल भयो अनि मुलुकले स्थानीय तहको निर्वाचन २०७४ सालमा गर्ने निधो गर्यो अनि २०७४साल बैशाख ३०मा नेपाल सरकारले स्थानीय निर्वाचन सम्पन गरायो । उक्त निर्वाचनले फेरि लामो समय पछि नेपाली काग्रेसका उमेदवार मुक्त बहादुर श्रेष्ठ(कृष्ण कुमार)ले सुन्दराको राजनीतिमा नयाँ संविधान अनुसार तादी ४ सुन्दरादेबीको वडा अध्यक्ष बन्ने मौका पाउनु भयो । उहाँ पनि पुरै कार्यकाल आफ्नो समय बिताउनु भयो । फेरि २०७९ साल बैशाख ३०मा स्थानीय निर्वाचन सम्पन्न भयो उहाको पनि उम्मेद्बारी दिनु भो तर उहा पराजित हुनु भयो । फेरि सुन्दराको राजनीति नेकपा माओवादी केन्द्रको हातमा आएको छ । नेकपा माओवादीका अस्मिन पाण्डेले निर्वाचन जित्न सफल हुनु भएका छ्न । सुन्दराको राजनीति फेरि एउटा मोडमा आइपुगे छ । नेपाली काग्रेसका अन्य चार सदस्य अनि आफु एउटा वडा अध्यक्ष हुनु भएको छ । सुन्दराका जनता र युवाहरु लाई आशा छ अस्मिनले जनताको काम गर्न सक्छ तर अस्मिन पाण्डेलाई यो समय अबसर पनि हो अनि चुनौती पनि हो किनकी सुन्दराबाट माओवादी जनयुद्ध बाट हुनहार कमरेडहरु कोही बेपत्ता र कोहिले आफ्नो ज्यान गुमाएका छ्न । बेपत्ता हुने अर्जुनलाल श्रेष्ठ आज सम्म पनि बेपत्ता हुनु हुन्छ भने राम प्रसाद पाठक कुमार पाण्डे राम शरण तामाङ जस्ता ब्यक्तिले ज्यान दिएका छ्न । यि कुरामा ध्यान दिएर पाण्डेले काम गर्नु पर्ने हुन्छ। काम गर्न पाउने अबसर सुन्दराबासीले दिएका छन अब पाण्डेको महत्त्वपूर्ण भुमिका हुने छ सुन्दरादेबिमा पाटी पनि बनाउनु पर्ने छ अनि २२ सय जनताको साझा उमेदवार भएर काम गर्ने समय पनि आएको छ समय बलवान छ समयमै आफ्नो कामको प्रभाव देखाउनु शुभकामना ।
Comments
Post a Comment