असारसम्म यी सामान नेपाल ल्याउन रोक लगायो सरकारले
नेपाल सरकारले राजपत्र प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।
१. कुरमुरे, कुरकुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिराहरु
३. चुरोट तथा सुर्तीजन्य वस्तु
४. हिरा
५. मोबाइल सेट
६. रङ्गीन टेलिभिजन (३२" भन्दा माथीका)
७. जिप, कार, भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)
८. मोटरसाइकल २५० सि.सि. माथीका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
तर कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि र २०७९ वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट निर्यात प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यो बन्देज लागु हुने छैन।
Comments
Post a Comment