राजनीति पेशा होइन सेवामुखी हुनुपर्छ -अधिवक्ता रामेश्वर भण्डारी ।
यतिबेला मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । ७५३ वटा स्थानीय निकाय महानगरपालिका ,उपमहानगरपालिका ,नगरपालिका र गाउँपालिकाको चुनावले राजनीति पाटीमा नयाँ तरङ्ग पैदा गरेको छ । राजनीतिमा आफ्नो भबिस्य देख्ने कति पयको भबिस्य नै डामाडोल हुने स्थिति अहिले देखापरेको छ । मुख्यगरी राष्ट्रिय पाटीहरुले आफ्नो आफ्नो सिङ्गल उमेदारी दिने काम गर्नु पर्नेथियो त्यो हुन सकेको पाइएन कारण तलैसम्म स्थानीय तहसम्ममा नै गठबन्धनका कारण आज गठबन्धनका उमेदवार उठाउने र उठाउनुपर्ने बाध्यतामा राजनीति दलहरु परेका छ्न । अब दलहरूले निर्वाचन प्रणालीलाई सरल कम खर्चमा गराउने प्रतिबद्धता हरेका थिय । तर आज दलहरूले भनेको भन्दा उल्टो तरिका बाट टिकट बितरण भएको कुरा आम नेपालीले र राजनीति कार्यकर्ताले दुखेसो सामाजिक सन्जालबाट अबिब्यक्त गरिरहेका छ्न । लामो समय राजनीति क्रियाकलापमा सक्रियहरुले गठबन्धनका कारण टिकट बाट हातधुन पुगेका छ्न । नेपालको निर्वाचन अतिनै खर्चिलो भएकोले इमानदार अनि राम्रो मान्छेले यसपालि टिकटमा दाबीसमेत गर्ने सक्ने आटगरेको देखिदैन । बिषेशगरी टिकेटमा दाबी गर्नेहरु अधिकाम्स ब्यबपारी उद्योगपती सम्पन्न ब्यक्ति अनि पहिलो कार्यकाल खाइसकेकाहरुले दोहोर्याएका छ्न । राम्रो सम्भावना बोकेको राम्रो भिजन भएका सिद्धान्तनिष्ठ ब्यक्तिले टिकट ल्याउन सकेका छैन । अबको मुलुकको राजनीति ब्यपारीको हातमा जादै छ । ब्यपारीले आफ्नो ब्यपार जस्तो गरि स्थानीय निकाय संचालन गर्ने खोजे मुलुकले गतिलिन सक्दैन । राजनीति सेवामुखी हुनु पर्ने ठाउँमा आज पेसागत जस्तो हुदै गएको अनुभुती आज भएको छ । विभिन्न पेसामा रहेकाहरु अरुले बनाइदिएको सगठनमा आएर आफ्नो पेसागत काम गरेको जस्तो गर्ने आफ्नो र आफुलाई फाइदाका मान्छेका काम गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने देखिन्छ । मुलुकलाई अगाडि बढाउने हो भने मुलुकलाई सेवामुखी बनाउने दिशा तिर अगाडी बढनु पर्छ । हामीले देश बनाउने इमानदार शिक्षाको राम्रो ज्ञान भएका मान्छेलाई स्थानीय निकायका कार्यभार सुम्पनु पर्ने देखिन्छ ।
Comments
Post a Comment