बिचारको राजनीति भन्दा अबसरवादी राजनीतिको हाबी भयो-अधिवक्ता रामेश्वर भण्डारी
मुलुकको राजनितीलाई नजिकबाट हेर्दा आज राजनीति सिद्धान्त र बिचारबाट होइन ब्यक्तिगत स्वार्थमा केन्द्रीकृत रहेको देखिन्छ । नेपालको राजनिती दलमा अहिले इमानदारी र सिद्धान्तनिष्ठ ब्यक्तिको राजनीति भबिस्य लगभग नरहेको पाइन्छ। मुलुक परिवर्तनको लागि १७औ हजार नेपाली जनताले बलिदानी राज्यको लागी र भाबी पुस्तालाई राम्रो बनाउने उदेश्यका साथ ज्यानको अर्पण गरेका थिय । १७औ हजार शहिदको रगतले सिर्जित यो नेपालको भुमिमा सहिदको सपना साकार पार्ने नेताको खाचो अहिले मुलुकलाई परेको देखिन्छ । बिचार र सिद्धान्तलाई तिलानजली दिदै अबसरको खोजिमा अहिलेका नेता तथा कार्यकर्ता लागिपरेका छन ।
नेपाली राजनितीलाई आफ्नो मातहतमा राखि मुलुकलाई अनिर्णयको बन्दी बनानाउने काम भएको पाइन्छ । नेपाली जनताको समस्यामा आफ्नो उपस्तिथि देखाउनु पर्ने ठाउँमा विभिन्न प्रकारको बहाना बनाइ समस्यालाई समाधानको उपाय खोज्नु भन्दा पनि समस्यामा राजनीति गर्न अग्रसरतामा अगाडी बढने अहिलेको अबसरबादी राजनिति चरित्रको बिकास भएको देखिन्छ । कोभिडको समयमा राजनिति नेताहरू कहा गएका थिए । राजनिती गर्ने ब्यक्तिहरुले राजनिती बिधि र सिद्धान्तलाई आत्मसात गर्नु पर्छ कि पर्दैन । आज राजनीतिको नाममा अराजक तत्व अनि पैसावालाको नाम लिनेकाम यिनै नेताहरूको मुखबाट आइरहेको छ । राजनिति दलहरुको काम पैसावाला लाई खोजि गरि टिकट दिने काम होर पैसाको बलमा आज राजनीतिमा अबसरबादीहरुको घुसपैठ भएको देखिन्छ । लामो समयसम्म आफ्नो जिवन राजनिती पाटीमा बिताउने चाहि धनिहरुलाई नेता बनाउने अनि आफु र आफ्नो परिवारलाई सामान्य दैनिकी सम्म चलाउन नसकेर बिदेश जाने हो कि शहरमा काम खोज्दै सडकमा भौतारिनु भन्दा अरु विकल्प छैन । अबको राजनीतिमा हुने खाने सम्पन्न परिवार भन्नेहरु अनि वैदेशिक व्यापारबाट नाफा कमाउने ठुला ठुला ठेक्का पट्टाबाट नाफा कमाउनेहरुको नै हालीमुहाली यो राजनीतिमा देखा पर्न थालेको छ । सबैलाई चाहिएको पद अनि प्रतिष्ठा हो जनताको समस्या अनि नागरिकको भावना कसैलाई मतलब छैन । हरेक कुरा आर्थिकमा निर्भर भएको हुदा इमानदार अनि शिक्षित ब्यक्तिको समाजमा कतै पनि उसको कदर हुदैन । तरकारी देखि नुन सम्ममा बिचौलियाको हालीमुहाली छ। राज्यको शिक्षा र स्वास्थ्य जस्तो महत्त्वपूर्ण कुरा आज निजीकरण नाममा बिचौलियाले लुट मच्चाउने काम भएको छ । हरेक क्षेत्रमा अहिले राम्रा मान्छेको काम छैन अनि काम पनि पाइरहेका छैनन् । अबको राजनिती लाई बेलैमा सुदृढीकरण नगर्ने हो भने मुलुक पुरै अबसरबादीहरुको चगुलबाट फस्ने निश्चित छ ।
Comments
Post a Comment