मुलुक बनाउने जिम्मा तपाई हाम्रो पनि हो -अधिवक्ता रामेश्वर भण्डारी



 देश बनाउने जिम्मा सबै हामीले राज्यलाई सुम्पेका छौ । हामी नागरिकले देश बनाउने मुलुकलाई सहि दिशानिर्देश गर्ने काम गर्न सक्दैनौं भन्ने कुरा तपाई हामीमा छ तर यस्ता कुरा तपाईं हामीले लिउन जेल सम्म मुलुकको बिकास हुदैन । नेपाली नागरिकले मुलुकका हरेक कुरामा ध्यान दिनु पर्ने हुन्छ ध्यान दिनुको साथै राज्यको शुशासन कसरी चलेको छ त्यसलाई पनि नजिक बाट नियाल्नु पर्छ । आफ्नो देश बनाउने काम सबै भन्दा पहिला त्यो देशको नागरिकले आत्मसात गर्नु पर्ने देखिन्छ । नागरिकको बिचबाट नै मुलुकको प्रशासन  चलाउने ब्यक्ति लाई आबाधिक निर्वाचनको माध्यमबाट चुनिने ब्यबस्था मुलुकको कानुनले ब्यबस्था गरेको छ । आज मुलुकमा सबै काम गर्ने राज्य प्रशासन नै हो जनताको केहि भुमिका हुदैनन् भन्नु गलत कुरो हो । सरकारले जनता सग जनताको जिउ धनको सुरक्षा मात्र होइन नागरिकको जनभावना लाई समेत ख्याल पुराउने गर्नु पर्छ । देश बिकासमा नागरिकको सबै भन्दा ठुलो भुमिका रहेको हुन्छ । जनताको समस्यालाई राज्यको समस्याका रुपमा लिने गर्नु पर्छ । सरकारले चालेको पाइला जनताको इच्छा अनि चाहाना अनुसारको छ छैन त्यसलाई राम्रो सग बुझ्नु पर्ने हुन्छ । सरकारले जनताको भाबना अनुरुपको शासन ब्यबस्थालाई अबलम्बन गराउने काममा आगाडी बढने काम गर्नु पर्ने देखिन्छ । अहिले तिन तहका सरकारले आफ्नो तर्फबाट बिकास निर्माणकार्यका काम गर्ने गरेका छ्न तर सरकारले गरेको काम कम्तीमा दीर्घकालीन छ छैन ति कुरा सबै नजिकबाट हामी नागरिकले अबलोकन गर्ने काम गर्नु पर्छ । नागरिकले सधै मुलुकको बिकासका लागी खेल्ने भुमिका सधै सकारात्मक हुने गर्नुपर्छ । मुलुकको बिकासको लागि नागरिक इमान्दार अनि अनुशाशित र मेहनत गर्ने खालको हुनु पर्छ । बिकासको लागि नागरिक जहिले पनि चनाखो हुनु पर्ने देखिन्छ ।




Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ