स्थानीय चुनाव – मनोनयन दर्ताको अन्तिम समयमा नुवाकोट कांग्रेसमा पहिरो
बैशाख ३०, काठमाडौं / यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनको मुखमा नेपाली कांग्रेस नुवाकोटमा पहिरो गएको छ । केहि दिन अघिमात्र नेपाली कांग्रेसका पूर्व जिल्ला उप–सभावती कांगेस परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
यसै क्रममा आज स्थानीय निकायको निर्वाचनको मनोनयनको अन्तिम समय आइपुग्दा लाग्दा नेपाली कांग्रेसबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योविन्द्रसिंह तामाङसहित, प्रदेश १ क सभापति सुशील खड्का, दुप्चेश्वर १ का वडा अध्यक्ष सुन बहादुर तामाङ, तरुण दल क्षेत्रीय कोषाध्यक्ष कृष्ण बहादुर स्याङतान साेमबार च्यासलस्थित एमाले बाग्मती प्रदेश कार्यालयमा गएर पार्टी गरेका छन् र नेकपा एमाले प्रवेश गरेका हुन् ।
Comments
Post a Comment